खर्चालु चलचित्र बनाउँदै गौतम

0

काठमाडौ । स्तरिय चलचित्र बनाउन जुटेका छन् लोकनाथ गौतम । उनि महंगो भन्दा पनि स्तरिय चलचित्र बन्नु पर्छ भन्ने मान्यता राख्ने निर्देशकमा पर्दछन् । नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने बुझेका निर्देशक लोकनाथ गौतमले आफ्नो चलचित्रलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदाय माझ पुराउने मनस्थिति बनाएका छन् ।

दुई वर्षको अध्ययन पश्चात हालैमात्र आफ्नो चलचित्रको स्क्रिप्ट तयार भएको कुरा निर्देशक गौतमले जानकारी गराएका छन्  । उनको निर्माणधिन चलचित्रको नाम ‘एलियन्स’ रहेको छ जुन चलचित्रमा एनिमेशनको दृश्य बढी रहने निर्देशक गौतमले बताए ।

चलचित्रमा अत्याधिक भि.एफ.एक्श.को काम भएको हुँदा नयाँ प्रविधिसंगै प्राविधिक पनि भारतबाटै लयाउनु पर्ने तर्क निर्देशक लोकनाथ गौतमको छ । थोरै चलचित्र निर्देशन गरेर धेरै चर्चा बटुल्न सफल निर्देशक लोकनाथ गौतमले निर्देशन गरेका ‘रोमान्स’ र ‘लभ इज लाईफ’ प्रदर्शनमा आईसकेको छ ।

Leave A Reply

Your email address will not be published.